पौडी सिक्न गएका बालकको डुबेर मृत्यु

पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा…

बिर्तामोडमा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते

झापाको बिर्तामोडमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गएराति १०:४५ बजे बिर्तामोड–२, रामचोकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक जना व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका थिए। इलाका…

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाण्डौ – पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज बिहान सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । इकु भन्ने ठाउँमा सडक माथिबाट पहिरो खसेको र तलबाट सडक भासिएकाले सडक…

गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाण्डौ – असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको…

ललितपुरमा इभी कार दुर्घटना

ललितपुरको बखुन्डोलमा कार दुर्घटना भएको छ । बिहीबार बिहान करिब ७ बजेतिर बागमती प्रदेश ०१–०३०च ८९५३ नम्बरको इभी कार अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । कारमा चालक मात्र रहेको र उनी सकुशल रहेको बताइएको छ…

भोटेकोशीमा एक्कासी कसरी आयो बाढी?

रसुवाको नेपाल–चीन सीमाक्षेत्र भोटेकोशीमा बाढी हिमताल फुटेर आएको प्रारम्भिक अनुमान गरिएको छ। स्याटलाइट अध्ययनअनुसार तिब्बत क्षेत्रमा रहेको एक हिमताल फुट्दा एक्कासी बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढी आउनुअघि भोटेकोसीको…

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

भद्रपुर (झापा) – बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–०१६…

गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा सरकारी कामकाजको भाषा हुने

गण्डकी प्रदेशमा मातृभाषालाई प्राथमिकता दिदै मगर र गुरुङ भाषा अब सरकारी कामकाजको भाषा हुने । पोखरा/ गण्डकी प्रदेशमा अवदेखि मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा भएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकले गण्डकी प्रदेशमा मगर र गुरुङ…

संसदमा गृहमन्त्री लेखकले दिए भोटेकोशीमा बाढी आएपछिको क्षतिको विवरण, अहिलेसम्मको अपडेट के छ?

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिक गरी कुल १९ जना बेपत्ता भएका गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभा बैठकमा जानकारी दिएका छन्। गृहमन्त्री लेखकका अनुसार, बेपत्ताहरूको…

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालमा सेवा नियमित

सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय…