मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोग, नेपालले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन अनुरोध गरेको छ। गत निर्वाचनमा निर्वाचित भएका विभिन्न तहका केही पदहरू रिक्त भएका कारण उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति भने घोषणा भएको छैन। यसैका लागि आयोगले मतदाता…

एघार महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल रु ९२ करोड ५२ लाख राजस्व सङ्कलन गरेको छ । चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल रु एक अर्ब ३८ करोड…

टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते, स्थानीयद्वारा टिपरमा आगजनी

जनकपुरधाम- सर्लाहीमा टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइतेभएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । बुधबार राति अन्दाजी ८ बजेको समयमा लालबन्दी नगरपालिका ५ मेजरगंज स्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना २ ख ५०१ नम्बरको टिपरको…

सर्पको डसाइबाट महिलाको मृत्यु

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा…

काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी छः प्रहरी महानिरीक्षक थापा

काठमाडौँ- प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी…

दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख…

बजेट ल्याउन नसकेपछि काठमाडौं महानगरमा थप किचलो, बालेनलाई सहजीकरण गर्न दबाब

काठमाडौं । देशका ६ मध्ये अन्य पाँच वटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय (असार १०)मै बजेट ल्याए पनि सबैभन्दा ठूलो महानगर काठमाडौंले निर्धारित मितिमा बजेट ल्याउन सकेन । यस विषयमा काठमाडौं महानगरको बजेट तर्जुमा तथा कार्यक्रम समितिले…

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौँ- समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट पारेको छ । सङ्गठनका महासचिव रोहित दाहालका अनुसार दृष्टि न्यूज अनलाइनमा प्रकाशित एक…

कोशीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर इलामको सूर्योदय नगरपालिकाबाट उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार…

कतारको उडान नियमित

काठमाण्डौ – इरानले हिजो अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि रोकिएको उडान नियमित हुन थालेको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको थियो भने नेपाल एयरलाइन्स र हिमालय…