खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाण्डाै – खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जनाएको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र…

पाटनमा आज मतयाः

ललितपुर – ललितपुरको पाटनमा आज दीप यात्रा मतयाः शुरु भएको छ । मतया बिहान ४ बजे सौगलबाट शुरु भएको हो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयामा पाटनका भित्री शहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ । विशेष गरेर…

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट : नेपालले मलेसियालाई ५ रनले हरायो

काठमाण्डाै – नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रनले हरायो । जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९…

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने

काठमाण्डाै – जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।  अहिले पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु…

काठमाण्डौंका यी क्षेत्रमा आज र भोलि सवारी निषेध

काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले महानगरभित्रका विभिन्न क्षेत्रमा आज र भोलि सवारी आवगमन निषेध गरेको छ । काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुंपुन्हि र सापारु (गाईजात्रा) पर्व मनाइने भएकाले आज र भोलि विभिन्न क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।…

आज जनैपूर्णिमा र गाईजात्रा मनाइँदै

काठमाण्डाै – आज जनैपूर्णिमा रगाईजात्रा  पर्व मनाइँदैछ । यस वर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर…

रसुवाको गोसाइँकुण्डमा मेला

काठमाण्डाै – रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका झण्डै चार हजारभन्दा धेरै भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गर्दैछन् । समुद्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित…

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाण्डौ – एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि…

भक्तपुरमा मनाइयो जनैपूर्णिमा

काठमाडौँ — भक्तपुरमा बुधबार जनैपूर्णिमा (गुंपुन्ही) मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर…

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

काठमाण्डौ – चितवनकाे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण साधारण शय्या (जनरल बेड) निःशुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलको नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी…