काठमाडौंमा हावाहुरी र असिनासहित वर्षा

काठमाडौंमा भिषण हावाहुरी सँगै वर्षा भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रशारणसमेत अवरुद्ध भएको छ । यसअघि मौसम पूर्वानुमान महाशाखा मौसमविद् सन्जीव अधिकारीले क्षणिक वर्षा हुने बताएका थिए । काठमाडौंसहित आसपास,…

टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन्। रायमाझीलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । तर त्यसपछि…

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं – बृहत् खोप अभियान अन्तर्गत आज देशभर छुटेका बालबालिकालाई खोप लगाइँदैछ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार…

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आज १०४ औं जन्मजयन्ती

ललितपुर – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आज १०४ औं जन्मजयन्ती जोशीको जन्मजयन्तिका अवसरमा ललितपुरमा कार्यक्रम हुँदैछ । लोक साहित्य परिषदले उहाँको जन्मजयन्तिको अवसरमा सप्ताहव्यापी रुपमा गरेको कार्यक्रमको आज समापन कार्यक्रम गर्न लागेको हो । कार्यक्रम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी…

सरकारले ५ हजार ८ सय ८० भूकम्पपीडितलाई ५० हजार अनुदान दिने

काठमाडौं – सरकारले २०७८ जेठयताका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले ०७८ र ०७९ मा गएका भूकम्पबाट…

बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएको जनाएको छ । आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई १ प्रतिशत घटाएको हो यसअघि साढे ८ प्रतिशत रहेको बैंकदर अब साढे ७ प्रतिशत कायम गरिएको छ…

जेठ ८ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेलतिर तानिने, ११ गते भोटोजात्रा हुने प्रवल सम्भावना

ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि आज विहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेको हो । यदि जेठ ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा…

बाजुरामा भूकम्प

काठमाडौं – बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर गएको…

रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आज

ललितपुर – रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आज हुँदैछ । रथबाट नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार , गुथि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आजको साइत निकालेकोले आज कुलदेवीको पुजा गरिने रथ निर्माणमा संलग्न बाराही…

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

काठमाडौं – दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार  बेलुकी उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनु भयो । नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत…