काठमाडौंमा हावाहुरी र असिनासहित वर्षा

काठमाडौंमा भिषण हावाहुरी सँगै वर्षा भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रशारणसमेत अवरुद्ध भएको छ ।

यसअघि मौसम पूर्वानुमान महाशाखा मौसमविद् सन्जीव अधिकारीले क्षणिक वर्षा हुने बताएका थिए ।

काठमाडौंसहित आसपास, नुवाकोट, रसुवा, कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ,” उनले भनेका थिए, “आज बिहान पनि मकवानपुरमा वर्षा भएको थियो ।”

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको उनले बताएका थिए ।

उनका अनुसार आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ । भोलि काठमाडौंसहित पहाडी भूभागमा वर्षाको सम्भावना प्रवल रहेको उनले जानकारी दिए ।