नदीको दायाँवायाँ गरिएको निर्माण रोक्का महानगरपालिकाबाट फुकुवा

माघ ७, २०८२ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीको दायाँवायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘सम्मानित सर्वाेच्च अदालतको संयुक्त इजलासले २०८२ माघ ४ गते गरेको आदेशका आधारमा कुनै…

प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ- निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु…

उमेदवारी मनोनयन : ३ बजेसम्ममा कुन जिल्लामा कति उमेदवार ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी मनोनयन जारी छ । बिहान १० बजेदेखि मनोनयन भइरहेको हो । निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि मनोनयको समय तोकेको छ । आयोगले दिउँसो ३ बजेसम्म कुन निर्वाचन क्षेत्रमा…

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । २०८० वैशाखमा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएका हुनाले पुनः त्यहीँबाट उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका युवा नेता रहेका नेम्वाङ संविधानसभा सदस्य…

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेका छन्। गत २०७९ को निर्वाचनमा आफ्नो स्थायी क्षेत्र चितवन छाडेर गोर्खा दुईमा चुनाव लडेका प्रचण्ड यस पटक माओवादीको आधार क्षेत्र माने जाने रुकुम…

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन् । भक्तपुर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले मनोनयन दर्ता गरेकी हुन् । शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी थिइन् ।…

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर- ३ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेका छन्। आज उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता कार्यक्रममा पार्टीका कार्यकर्ताहरूको उपस्थिती रहेको…

ललितपुर-३ बाट ताेसिमा कार्कीले गराइन् उम्मेदवारी दर्ता

ललितपुर। ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालय पाटन पुगेर उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। उज्यालो…

झापा- ५ बाट बालेनको उम्मेदवारी दर्ता

झापा- रास्वपाका वरिष्ठ नेता बालेन साहले उम्मेदवारी दर्ता गराएका छन्। बालेनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा- ५ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकका रूपमा भूमिनन्द बराल र समर्थकका रूपमा भेषराज भट्टराई रहेका छन्। काठमाडौँ महानगरपालिकाका…

घण्टी बजाउँदै रास्वपा प्रवेश गरे पूर्वसञ्चारमन्त्री खरेल, ललितपुर- २ बाट चुनाव लड्ने

काठमाडौँ- सञ्चारकर्मी तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। खरेलले पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गरेका हुन्। कार्यक्रममा रास्वपाका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। पार्टी…