इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

२०८० वैशाखमा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएका हुनाले पुनः त्यहीँबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेका युवा नेता रहेका नेम्वाङ संविधानसभा सदस्य सुभाषचन्द्र नेम्वाङ कान्छा छोरा हुन् ।

युवा भएकै कारण यो पटक पनि सुहाङले बाजी मार्ने एमालेले आकलन गरेको छ ।