चितवनविरुद्ध लुम्बिनीले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न…

मतदाता नामावलीमा नाम दर्ता गराउन १ दिन बाँकी

काठमाडौँ- निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी रहेको छ । फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ । त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ ।…

चुनावी सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

काठमाण्डौ – सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयमा हिजो बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना,…

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३५ जना नेपाली काठमाण्डौ आइपुगे

काठमाण्डौ – अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट भएर काठमाण्डौ आइपुगेका छन् । चार्टर्ड विमानमार्फत उनीहरु हिजो बेलुकी काठमाण्डौ आइपुगेका प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । डिपोर्ट हुने धेरैजसो अवैध बाटोबाट मेक्सिको हुँदै अमेरिका छिर्ने बेला पक्राउ परेकाहरु छन्…

एनपीएलमा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ

काठमाण्डौ – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया…

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । सुन आज तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख…

एनपीएल सिजन–२ : बलिङ चम्किँदा सुदूरपश्चिमले काठमाण्डुलाई २९ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६ ओभर ५ बलमा ११८ रनमा समेटियो । काठमाण्डुका लागि ओपनर आकाश…

एनपिएलः आज लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिील) क्रिकेट अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुनेछ । एनपिएलको यो शृंखलाको पाँचौँ खेलमा दुई टोली दिउँसो ४ बजे टीयु क्रिकेट मैदान, कीर्तिपुरमा उत्रिँदैछन् । लुम्बिनी लायन्स लिगमा पहिलो खेल खेल्दैछ भने चितवन…

नेप्से ४.९८ अङ्कले घट्दा ८ वटा कम्पनीकाे शेयर १० प्रतिशतले बढ्याे

काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ९८ अङ्कले घटेर २ हजार ५ सय ६१ दशमलव ०८ विन्दुमा झरेको छ । आज होटल, उत्पादन, म्युचल फन्ड र…

एनपीएल-२ : काठमाण्डुविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् एनपीएलमा सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको…