ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज सुन्धाराबाट तानेर लगनखेलतर्फ लगिदैछ। रथलाई शुक्रबार महापालबाट तानेर सुन्धारा पुर्याइएको हो भने हिजो शनिबार नुगःयाःकाे भुज्या मनाएर आज जात्राको साताैं दिन सुन्धाराबाट तान्न लागेको हो ।
पहिलो विश्रामस्थल गाबहालबाट रथ बुधबार तानेर महापालमा एकदिन राखेर दोश्रो विश्रामस्थल सुन्धारामा पुर्याइएपछि पनिस्था पुजा गर्ने परम्परा छ।
दोश्रो विश्रामस्थलमा रथ पुर्याएपछि बाराही गुथियारले पनिस्था पुजा गर्नु पर्ने परम्परा अनुसार हिजो सुन्धारामा होम सहित पनिस्था पुजा गरिएको रथ निर्माणमा संग्लन बाराही नाइके दिल कुमार बाराहीले बताउनु भयो । उहाँका अनुसार जात्राको क्रममा कुनै विध्नबाघा नआओस, रथका कारणबाट कसैलाई केहि क्षति नहोस भनेर पनिस्था पुजा गरिन्छ।
लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ ।
