खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच पाटनमा प्रदर्शन

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाचको क्रममा उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनु पर्ने परम्परा अनुसार पाटनमा यो नाचको प्रदर्शन सुरु भएको छ।

हिजो देवगणहरु खोकनाबाट दोबु, नखु, चक्रपथ हुँदै मंगलबजारको मूलचोकमा नाच देखाउनका लागि पुगेका थिए। महालक्ष्मीस्थानको महालक्ष्मी मन्दिरमा लुगा तथा मुकुट लगाएर उनीहरुले बाजागाजासहित मुलचोकमा पुगेर बेलुकी प्रारम्भिक चरणको नाच प्रर्दशन गरेका थिए ।

आज बिहान ९ बजेदेखि नाचका विभिन्न चरणहरु मुलचोकमा प्रदर्शन गरिेने देवी नाच गुथि अन्तर्गतको ताःद्यः गुथिका अध्यक्ष उदयकुमार डंगोलले बताउनु भयो ।

यस्तै माघ ११ र १२ गते केशबनारायण चोकमा तथा माघ १८ र १९ गते भिमशेन मन्दिर अगाडि डवलीमा नाच प्रदर्शनी हुनेछ । २० गते तबहालबाट देवगणहरूलाई विदाइ गरिनेछ ।

खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच गएको असोज शुक्ल दुतियादेखि शुरु भएको हो।