सन् २०२४ को नोवेम्बरमा अमेरिकाको क्यालिफोर्नियामा गोल्डेन नेपाली फिल्म अवार्डको आयोजना हुने भएको छ । नेपाली कलाकार अभिनेताद्वय शिव श्रेष्ठ र सुनिल थापाको उपस्थितिमा आयोजित पत्रकार समेलनमा अवार्ड घोषणा गरिएको छ । यो अवार्डको आयोजकको रुपमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलएसीले गर्न लागेको हो। लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी तथा व्यवसायी यज्ञलाल श्रेष्ठले अवार्डले नेपाली फिल्मको गुणस्तरीय विकास र बजार प्रवर्द्धन गर्नेमा आफुलाई विश्वास लागेको कुरा बताए ।
हिजो अल्फत होटेल ,छाया सेन्टर ठमेल मा भएको उक्त पत्रकार समेलनमा सिन्धुपाल्चोक समाजका संरक्षक, गोल्डेन गेट मूभिका अध्यक्ष,हिमालय फाउन्डेसन का अध्यक्ष आदरणीय श्री यज्ञ लाल श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यता सिन्धुपाल्चोक समाज को समुद्घाटन भएको थियो।
उक्त कार्यक्रममा कलाकार नीर शाह ,त्रीदेवी ,भुवन चन्द,बसुन्धरा भुषाल चैत्यदेवी सिंहहरुले संयुक्त रूपमा पानस मा दियो बत्ती बालेर उद्घाटन गरेका थिए। चलचित्रकर्मीलाई सम्मान पुरस्कार र सम्मान मार्फत प्रोत्साहन दिने उद्देश्यले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुँदै आएको आयोजकको दाबी थियो।
अवार्डको जुरी समेत रहेका अभिनेता श्रेष्ठले अवार्डमा आफ्नो समर्थन रहने उल्लेख गर्दै शुभकामना व्यक्त गरे । जुरी सदस्य समेत रहेका अभिनेता थापाले अवार्डले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे । अवार्डका अन्य जुरी सदस्यमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र निर्देशक लक्ष्मण सुवेदी छन् ।
