नेपालले पायो ११६ रनको लक्ष्य दक्षिण अफ्रिका विरूद्ध

आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ। सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो ।

ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। दक्षिण अफ्रिकालाई सामान्य रनमा समेट्न कुशल भूर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए।

ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।