काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ ।

बिहान पौने ६ बजेको मापनमा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाण्डौको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म रहने अनुमान छ । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । देशभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको महाशाखाका मौसम हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बदलीको सम्भावना छ । अरु बाँकी भागमा मौसम मुख्यतया सफा नै रहने अनुमान छ ।

यसैबीच इथोयोपीयामा विस्फोट भएको ज्वालामुखी भारतसम्म आइपुगेको तर यसबाट नेपालमा अहिलेसम्म कुनै पनि प्रभाव नपरेको मौसमविद् दाहालले बताउनुभएको छ ।