नेवाः मैंचा बौचा दोस्रो संस्करण शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा

नेवाः मैंचा बौचा दोस्रो संस्करण ११४६ का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन् । नेवाः मैंचा बौचाको यस संस्करणमा २२ जना सहभागीहरु रहेका छन्। जसमा १० देखि १४ वर्षाका प्रतियोगीहरु नेवाः मैंचा र बौचा ११४६ को टाइटलको लागि प्रतिस्पर्धा गर्दैछन् । नेवा: समुदायका मैंचाबौंचाहरुको सहभागिता गराइ नेवा:हरुको भाषा, कला, संस्कृति, संस्कार, सम्पदाको सामान्य ज्ञान सहित व्यवहारिक ज्ञान नया पुस्तमा हस्तातान्रण गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको हो ।

पछिल्लो समय नेवा पुस्तका युवा भाइबहिनीहरूले नेपाल भाषा र नेपाल भाषाका कला संस्कृतिलाई बिर्सिदै गएको सन्दर्भमा यस किसिमको इभेन्टले चाहिँ नेपाल भाषा र नेपाल भाषाका कला संस्कृति संस्कार, सम्पदा नयाँ पुस्तामा हस्तान्तरण गर्न केही मद्दत पुग्छ भन्ने आशा आयोजकहरुले लिएका छन्।

यस किसिमको प्रतियोगिताले आत्मविश्वासमा वृद्धि गरि व्यक्तित्व गरी नेतृत्वदायी भूमिकामा आफूलाई सबल र सक्षम बनाउन थप मद्दत पुग्ने देखिन्छ। आयोजकले प्रतिस्पर्धीलाई नेपाल लिपि कसरी लेख्न र पढ्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान पनि दिएका छन्।

कलश इभेन्टको आयोजनामा हुन गहिरहेको नेवाः मैंचा र बौचा ११४६ येहि शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा दिउसो २ बजे हुने भएको छ।

गत वर्षको नेवाः मैंचा बौचा ११४५ पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेपछि अब दोस्रो संस्करणमा अझ राम्रोसँग सम्पना हुने जानकारी कलश इभेन्टका कार्यकारी अध्यक्ष संजय महाजनले जानकारी न्युज नेपा: डट कम लाई दिनु भयो।