बजार विश्लेषण: तीन दिनयता लगातार ओरालो लाग्दै सुनको भाउ

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा ५ हजार ४०० रुपैयाँले कम हो।

हिजो बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ; आज चाँदी तोलामा १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ९०० डलर र चाँदी ७७ डलर आसपासमा कारोबार भइरहेको छ।