काठमाडौँ— नेपाली बजारमा लामो समयदेखि बढिरहेको सुनको मूल्यमा आइतबार ठुलो गिरावट आएको छ।
साताको पहिलो कारोबार दिन नै सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
पछिल्लो एक साताको तथ्याङ्क हेर्दा सुनको मूल्यमा २७ हजार ४ सय रुपैयाँको भारी गिरावट आएको देखिन्छ, जबकि गत आइतबार यसको मूल्य ३ लाख ९ हजार ४ सय रुपैयाँ पुगेको थियो। सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ।
आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ५०० डलर र चाँदी ६८ डलर आसपासमा कारोबार भइरहेको छ। विशेषगरी अन्तर्राष्ट्रिय परिवेशमा आएको फेरबदलका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको हो।
