‘विश्व कविता दिवस’का अवसरमा काठमाडौं महानगरपालिका वडा नं. २७ मा कविता गोष्ठी सम्पन्न भएको छ।
वडा नं. २७ र सिर्जना कलेज अफ फाइन आर्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त कविता गोष्ठीको उद्घाटन काठमाडौं महानगरपालिका का कार्यवाहक मेयर सुनिता डंगोलले दीप प्रज्वलन गरी गर्नुभएको हो। कार्यक्रममा साहित्य तथा सिने अनुसन्धानकर्ता प्रकाश सायमीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने वडा नं. २७ का वडा अध्यक्ष योगेशकुमार खड्गीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
कवि बसन्त नकर्मी र घिमिरेको संयोजनमा सम्पन्न कविता गोष्ठीमा लक्ष्मी थापा, शोभा सरभ, राजेश केसी, शमशेर बहादुर न्हुच्छे प्रधान, मुस्कान थापा, रोशन श्रेष्ठ लगायतले कविता वाचन गर्नुभएको थियो।
त्यसैगरी वडा नं. २७ का सदस्य सृष्टि कंसाकारले पनि कविता वाचन गर्नुभएको थियो भने कार्यवाहक मेयर सुनिता डंगोलले समेत कविता प्रस्तुत गर्नुभएको थियो।
