साँखुमा एकैपटक चारवटा टिपर ठोक्किए

काठमाडौं – काठमाडौंको साँखुमा चार वटा टिपर ठोक्किएका छन्। शनिबार बिहान साँखु- लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनु भयो।

प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७,  बा ५ ख ४५७० र ना ८ ख २९१९ नम्बरको टिपर दुर्घटनामा परेको हो। चारैवटा टिपर एकै दिशामा जाँदै थिए।  दुर्घटना हुँदा बा ५ ख ४५७० नम्बरको टिपरका चालक च्यापिएका थिए।

उनको उद्धार गरी साँखुस्थित पुपल्स लाइफ केयर हस्पिटलमा लगिएको थियो। उनको दुबै खुट्टामा चोट भएको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

फोटोः रण मल्ल