ललितपुर – कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई हिजो आइतबार साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याएको छ ।
निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा हिजो साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याएको चिडियाखाना प्रशासनले जनाएको छ । उद्धार गरी सदर चिडियाखानामा ल्याएको सो बाघलाई बाघ खोरको होल्डिङ कोठामा राखिएको छ ।
उद्धार गरिएको पोथी बाघ अन्दाजी ५ वर्षको छ। चिडियाखाना ल्याएसँगै उसको नाम महारानी राखिएको प्रशासनले जानकारी दिएको छ।
चिडियाखानामा महाराजा नामको बाघ पहिल्यै रहेकाले अहिले उसको नाम महारानी राखिएको हो।
