नेपाली बजारमा सुनको मूल्यले पुनः ऐतिहासिक उचाइ कायम गरेको छ।

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले पुनः ऐतिहासिक उचाइ कायम गरेको छ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेर दुई लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ। केही समययता लगातार उकालो लागिरहेको सुनको मूल्यले सर्वसाधारणको ढाड सेकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर चार हजार ९९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको अस्थिरताको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल एक औँस सुन चार हजार ७२४ अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्य जिस प्रकारले बढिरहेको छ, यसले मध्यमवर्गीय परिवारका लागि सुन खरिद गर्ने सपनालाई धेरै टाढा पुर्याइदिएको छ।