ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

काठमाडौं – ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको सदनलाई जानकारी गराउनु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार श्रेष्ठको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताउनु भयो।

एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठ संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो ।