आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएको छ। नकआउट चरणमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानमा रहेको टिमसँग तथा दोस्रो र तेस्रो स्थानमा रहेका टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा अपराजित रहदै भारत सेमिफाइनल पुगेको हो । उसले चौथों स्थानको न्युजिल्याण्डलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । यस विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको साउथ अफ्रिकाले अष्ट्रेलियालाई सेमिफाइनल प्रतिद्धन्दी भेट्टाएको हो ।
भारतले समूह चरणमा सबै टिमलाई हरायो । उसले ९ खेलबाट शतप्रतिशत १८ अंक बटुल्यो । साउथ अफ्रिका र अष्ट्रेलियाले समान २ खेलमा समूह चरणमा गुमाए ।
नकआउट चरणका खेल बुधबारबाट सुरू हुनेछ। बुधबार पहिलो स्थानमा रहेको भारतले चौथो स्थानको न्युजिल्याण्डसँग खेल्नेछ। बिहीबार दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल हुनेछ।
सेमिफाइनलमा जित्ने दुई टिमले एकदिवसीय विश्वकपको उपाधिका लागि खेल्नेछ। फाइनल खेल मंसिर ३ गते आइतबार हुनेछ।
