काठमाण्डाै – वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । ललितपुरको बल्खुमा रहेको बयोधा अस्पतालमा उपचारका क्रममा हिजो मङ्गलवार मानन्धरको निधन भएको हो।
स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो । साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवम् प्रकाशन गर्नुभएको थियो ।
छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँले राणा शासनदेखि नै बालखुराक पस्कँदै आउनुभएको थियाे । साहित्यकार मानन्धरको अन्त्येष्टि आज बुधवार गरिनेछ ।
w 1139.431
h 69.611
h 69.611
69.611
1139.431
