काठमाण्डाै – मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति एक बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का मकवानपुरसहित काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यसअघि जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते शुक्रवार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
