तीनकुने क्षेत्रमा प्रहरीले ज्यादती गर्दै बिनाकारण मानिसहरूलाई पक्राउ गरेको छ। गणतन्त्र विरोधी आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई यस क्षेत्रमा प्रदर्शन गर्ने भएपछि प्रशासनले प्रहरीले बाटोमा हिँडिरहेका र होटलमा चिया खाइरहेका मानिसहरूलाई प्रदर्शनकारी हुन् कि भन्दै बिनाकारण पक्राउ गर्दै अदोलनलाई दमन गर्न खोजेको दिखियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंले अनुमति नलिएको भन्दै तितर वितर पार्न प्रहरीलाई निर्देशन दिएको देखियो ।
यसै गरि आज बिहानैदेखि प्रसाईंको निवास वरपर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो भने प्रसाईंले फूलाई ‘नजरबन्द’मा राखिएको प्रचार गर्ने कोशिश समेत गरे । प्रहरीले धमाधम शंकाको भरमा बिनाकारण मानिसहरू पक्राउ गर्न थालेपछि सरकारको चौतर्फी आलोचना बढेको छ। नेपालको संविधानले बिना हातहतियार मानिसहरूलाई भेला हुन र राजनीतिक दल खोल्न तथा कार्यक्रम गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ।
