काठमाण्डाै -नेवार समुदायले हिजो हर्ष उल्लासका साथ यःमरि पून्हि मनाएको छ । चामलको पीठो , चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ ।
त्यस्तै भकारी पुजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पुजा गर्ने गरिन्छ । यस दिनलाई लक्ष्मी पुजाको रुपमा मनाउने गरिन्छ । यसरी पुजा गरेमा वर्ष भरी अन्नको अभाव नहुने जनविश्वास छ ।
जाडोको समयमा मास र चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
चार दिन पछि भकारी पुजाको विसर्जन गरिन्छ।
यःमरि पूर्णिमा अवसरमा साँखु , पाटन , काठमाडौं , टोखा, बनेपा, पनौति लगायतका ठाँउमा सांस्कृतिक र्याली र्याली सहितको त्यः छि त्यः कार्यक्रम पनि भएको छ।
यस दिनलाई धान्य पूर्णिमाका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा र गैडु पूजा गर्ने परम्परा छ ।
त्यस्तै आज बनेपाको धनेश्वर महादेवको मेला पनि लागेको थियो।
