पाटनमा देखाइएको रूद्रायणी देवीको १२ वर्षे नाच (तस्वीरहरू)

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाचको क्रममा उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनु पर्ने परम्परा अनुसार पाटनमा यो नाचको प्रदर्शन गरिएको छ।

विहिबार देवगणहरु खोकनाबाट दोबु, नखु, चक्रपथ हुँदै मंगलबजारको मूलचोकमा नाच देखाउनका लागि पुगेका थिए। महालक्ष्मीस्थानको महालक्ष्मी मन्दिरमा लुगा तथा मुकुट लगाएर उनीहरुले बाजागाजासहित मुलचोकमा पुगेर बेलुकी प्रारम्भिक चरणको नाच प्रर्दशन गरेका थिए ।

त्यस्तै शुक्रबार दिनभर यो नाचका विभिन्न चरणहरु मुलचोकमा प्रदर्शन गरिेएको थियो।