काठमाडौँ – नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सर्भिस लेनतर्फको सडक भासिएपछि टायर सडकमै भासिएको थियो । इन्द्रेणी फुडल्याण्ड नजिकै गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको थियो।
यो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।
