नेपा: कम्युनिटी युएसए परिवारले यही चैत्र ११ गते मार्च २५ तारिक शनिबारका दिन “छैठों वर्ल्ड नेवा: डे” को शुभ -अवसर पारेर “नेवा: भ्वय्” आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा नेवा: सभ्यताको महत्त्व बोकेको जाति, भाषा, कला र संस्कृतिलाई प्रचार प्रचार गरि आफ्नो समुदाय भित्र यसैको संरक्षण र सम्बर्द्धनका यो “नेवा भ्वय्” गर्न लागेको जानकारी नेपा: कम्युनिटी युएसएले सामाजिक संजाल मार्फत सार्बजनिक गरेको छ।
कार्यक्रममा सहभागी हुन यही मार्च १० तारिख शुक्रवार भित्र आफ्नो सम्पूर्ण परिवारको नाम दर्ता गर्न पनि आह्वान गरेको छ। दर्ता शुल्क
२५ $ निर्धारण गरेको छ। यस मा ७ वर्ष मुनिका बल बालिकालाई भने निशुल्क प्रवेशको बेबस्था गरिएको छ। नेपा: कम्युनिटी युएसए परिवारले यो पहिलो चोति यस प्रकारको “नेवा: भ्वय्” आयोजना गर्न लागेको हो।
