१० अंकले घट्यो नेप्से परिसूचक

नेप्से परिसुचक आज आरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले ओरालो लागेर एक हजार ९ सय ८ दशमलव ५५ मा पुगेको छ ।

कुल २१५ ओटा कम्पनी मध्ये ४९ वटाको मात्रै उकालो लाग्यो भने एक सय ५७ वटाको घटेको छ र ९ वटाको यथावत् रहेको छ  । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ६६ अङ्कले ओरालोे लागेर तीन सय ५९ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका १३ वटा उपसमूहरुमध्ये २ वटाको शेयर मूल्यमा मात्र वृद्धि भएको छ भने ११ वटाको शेयर मुल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार कारोबार भएका दुई सय ५४ कम्पनीको २७ लाख ५० हजार ६ सय ५५ कित्ता शेयर रु ८९ करोड ९५ लाख ३२ हजार १ सय ३९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबारका आधारमा सिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको  रु ५ करोड ५८ हजार १ सय ९९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सुपरमाई हाइड्रोपावर , सिटीजन म्युचुअल फन्ड , कालीन्चोक दर्शन लिमिटेड , आर एस डिसी लघुवित्त र एन एलजी इन्सोरेन्स कम्पनीले आज धेरै कमाएका छन् ।

यसै गरी सवै भन्दा बढी गुमाउनेहरुमा आदर्श लघुवित्त , जाल्पा सामुदायिक लघुवित्त , ग्लोबल आइएमइ ब्यालेन्स फन्ड , सर्पोट माईक्रोफाइनान्स वित्तिय संस्था र विशाल बजार कम्पनी लिमिटेड रहेको छ ।