डल्ब्यूएनओले मार्च महिनालाई महिला विशेष महिनाको रूपमा मनायो

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विश्वभर छरिएर बसेको नेवार समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेशन (डल्ब्यूएनओ) ले मार्च महिनालाई महिला महिनाको रूपमा विशेष कार्यक्रम गरेर मनाएको छ। डल्ब्यूएनओले जुममार्फत दैनिक रूपमा संचालन गरिरहेको कार्यक्रम डब्ल्यूडिबिमा मार्च महिनाभर आर्थिक,सामाजिक, राजनैतिक, स्वास्थ्य, कलाकारिता, संचार लगायतका क्षेत्रमा संलग्न नेवार समुदायका महिलाहरूको योगदान, अनुभवको चर्चा गरेर महिला विशेष महिनाको रूपमा मनाएको हो।

मार्च महिनाको अवधिभर दिब्या बज्राचार्य, सुनिता महर्जन, रेणुका बज्राचार्य उपाध्याय, दिव्या दली, डेजि कंसाकार, डा. निर्मला प्रधान, डा. रीमा जोशी, मीरा ज्योति, शारदा डंगोल, सुष्मा राजभन्डारी, अनिता ताम्राकार, नग्मा श्रेष्ठ, विद्या दली, नीशा देशार, जेनिशा मानन्धर, सरीता धौभडेल, अनिता ताम्राकार, भवानी तुलाधर, प्राध्यापक डा. रीना अमात्य श्रेष्ठ, किरण मानन्धर, प्राध्यापक डा. सानु मैंया दली, सुष्मिता मास्के निरौला, मनिषा डंगोल, डा. जुही गुभानी, समिता श्रेष्ठ, लता बज्राचार्य, मंगला कारंजित, सुलोचना लक्ष्मी तुलाधर, कस्तुरी श्रेष्ठ, दिब्या ताम्राकार र सृजना बज्राचार्यको अन्तर्वाता  डब्ल्यूडिबिमा समावेश गरिएको थियो।

यसभन्दा अघि पनि डब्ल्यूडिबिमा गएको वर्ष २०२२ को मार्च महिनामा महिलाहरूको योगदानलाई कदर गर्दै विशेष महिनाको रूपमा मनाएको थियो।

डल्ब्यूएनओले नेपाली समयअनुसार दैनिक बेलुकी ९ बजेदेखि १० बजेसम्म डब्ल्यूडिबि कार्यक्रम संचालन गरिरहेको छ भने यसको प्रशारणको  अंक  ६०० नाघिसकेको छ।

त्यस्तै, डल्ब्यूएनओले नेपाली समयअनुसार दैनिक बेलुकी ७:३० बजेदेखि ९ बजेसम्म नेपालभाषालाई गुगल ट्रान्स्लेटमा समावेश गर्नका लागि जुममार्फत  कार्यक्रम गरिरहेको छ भने यसको प्रशारणको अंक ७०० नाघिसकेको छ।