क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमको अफर आएको छ ।
चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरेको छ ।
पोर्चुगलका कप्तान रोनाल्डो साउदी क्लब अल नासरबाट हाल खेलिरहेका छन्, अल नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अर्जेन्टेनी स्टार मेस्सीलाई रोनाल्डोको भन्दा २०० मिलियन युरो बढी रकमको अफर आएको हो ।
