मध्यपुरथिमिमा सिन्दुर जात्रा शुरु (फोटो फिचर)

भक्तपुर – मध्यपुरथिमि क्षेत्रमा आज ३२ खटसहितको सिन्दुर जात्रा शुरु भएको छ । मध्यपुरथिमि सिन्दुर जात्रा बैशाख २ गते मनाउने गरिन्छ।

बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछ ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजाको तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।