काठमाडौं – श्री दिगुख्यः गुथिको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। गुथिका संरक्षक समूहया कोषाध्यक्ष भाईकाजी तुलाधरको सभापतित्वमा काठमाण्डौंको नयाँ बजारको मल्टी पार्टी भेन्युमा शनिवार साधारण सभा भएको हो ।
गुथिका अध्यक्ष तारावीरसिं तुलाधरको स्वागत मन्तव्यबाट शुरू कार्यक्रमका प्रमुख अतिथि भाईकाजी तुलाधरले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुका साथै गुथिको गतिविधि समेटिएको नयाँ वेवसाइटको पनि शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा गुथिका सचिव विजय रत्न तुलाधरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गीतम वीरसिं तुलाधरले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो ।

कार्यसमितिका सदस्य विद्यासागर तुलाधरले संचालन गर्नु भएको कार्यक्रमका सभापति भाइकाजी तुलाधर, निवर्तमान अध्यक्ष रमेश तुलाधर, महिला समूहका अध्यक्ष प्रेमहिरा तुलाधर, संरक्षण समूहका अध्यक्ष मोतिकाजी तुलाधर, संरक्षण समूहका सचिव स्वयम्भू रत्न तुलाधरले आ -आफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रममा समितिका नयाँ थकालिहरू मोतिरत्न तुलाधर र सानुराजा तुलाधरलाई सम्मान गरिएको थियो भने त्यस्तै जेष्ठ नागरिकहरू रत्न देवी तु्लाधर, लानी देवी तुलधर, मणिरत्न तुलाधर, नानीहेरा तुलाधर, माहिलाकाजी तुलाधर, हिरारत्न तुलाधर, पन्नाकाजी तुलाधर, पुण्यरत्न तुलाधर, पदमरत्न तुलाधर, ताराशोभा तुलाधर, अमूल्य रत्न तुलाधर, कमल तारा तुलाधर र तुलरत्न तुलाधरलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

त्यस्तै शैक्षिक क्षेत्रमा उत्कृष्ठ नतिजा ल्याएका विद्यार्थीहरूलाई पनि विभिन्न पुरस्कार प्रदान गर्नुकासाथै छात्रवृति पनि प्रदान गरेको थियो । उच्च शिक्षातर्फ स्नातकोत्तर गर्नु भएका अमोग रत्न तुलाधर र रजल तुलाधरलाई सम्मान गरेको थियो । पुरस्कार एवमं छात्रवृति हस्तातरण कार्यक्रम महिला समूहका प्रतिनिधि मन्दिरा केशरी तुलाधरले संचालन गर्नु भएको थियो।

त्यस्तै वार्षिक साधारण सभामा यसवर्ष विवाह भएका गुथियारका छोरा, बुहारी, छोरी, ज्वाइ तथा नवजात शिशुहरूलाई शुभकामना व्यक्त गरिएको थियो । कार्यसमितिका उपाध्यक्ष विद्यासागर तुलाधरले धन्यवाद ज्ञापन तथा डोर प्राइजको घोषणा गर्दै कार्यक्रमको समापन गरिएको थियो।
वार्षिक साधारण सभामा उपस्थितहरूको लागि भोज व्यवस्थापनको जिम्मा लिएको लाभालुछेँ कवः, खापामदु दुवाः “क“ कवः, किसिध्वाका कवः र धालासिक्व कवःले साधारण सभाको कार्यक्रम अघि विहान पकनाजोलको दिगुख्यःमा पुजा गरेको थियो।

