काठमाडौं । नेपाल भाषाको नयाँ र्याप गीत ‘हाकू’ सार्वजनिक भएको छ । गायक, संगीतकार तथा गीतकार जेम्स प्रधान को स्वर, संगीत र शब्द रहेको यस उहाँकै युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।
नेपाल भाषा र नेपाली सबटाइटलसहित तयार गरिएको गीतमा आधुनिक र्याप शैलीमार्फत स्थानीय भाषा, संस्कृति र युवापुस्ताको प्रस्तुति समेटिएको छ। गीतको मिक्स तथा मास्टरिङ बिजेन श्रेष्ठले गरेका हुन् भने रेकर्डिङ म्युजिक वर्क स्टुडियोमा गरिएको हो।
म्युजिक भिडियोमा क्यामेरातर्फ बिक्रम श्रेष्ठ , सहायक क्यामेरामा सबिन प्रसाई, मेकअप आर्टिस्टमा उमेशा पाण्डे रहेका छन्। भिडियोको सम्पादन तथा कलर पनि जेम्स प्रधान स्वयंले गरेका हुन्। कोरियोग्राफी तथा निर्देशन रञ्जन शाहीले गरेका थिए ।
भिडियोमा मोहिदिन खान ‘हाकू’ र राजन महर्जन ‘चाकु’ को मुख्य अभिनय रहेको छ। साथै उजया शाही, बिक्रम खड्गी, निराज अंशु प्रधान, साजन शाही, राजेश श्रेष्ठ, प्रेम माया डंगोल, रिक्छना शाही, आयुषा थापा, सरिना शाही, बिमला महर्जन, माया लामा, संगिता प्रजापति र सुहाना लगायत कलाकारहरुको बेजोड अभिनय हेर्न सकिन्छ।
नेपाल भाषाको मौलिक स्वादलाई आधुनिक र्याप संगीतसँग जोडेर तयार गरिएको ‘हाकू’ ले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको देखिन्छ। साथै नेपाल भाषामा यस प्रकारका नयाँ प्रयोगले नयाँ पुस्तालाई नेपाल भाषातर्फ आकर्षित गर्न पनि मद्दत पुग्ने निर्माण पक्षले जनाएको छ।
