रातो मच्छिन्द्रनाथको रथ तंगलमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो रथलार्इ लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुरयाउन सकेको हो। आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ।

विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपाली रथमा समस्या भएकोले लम्बिएको छ। सुन्धाराबाट लगनखेलसम्मको यात्रा आइतबार शुरू भएको हो भने त्यसदिन रथलाई थपाहितिसम्म मात्र तान्न सकेको थियो। थपाहितिमा राखिएको रथलाई  क्रेनको सहयोगले सोझ्याएपछि लगनखेलतर्फ लैजानको लागि सोमबार तानिएको थियो त्यसबेला रथलाई चक्रबहिलसम्म मात्र तान्न सकिएको थियो। हिजो रथ चक्रबहिलबाट तानेर तंगलसम्म मात्र पुर्याउन सकेको थियो।

जात्राको पहिलो दिन नै रथ देब्रेतिर ढल्किएर समस्या भएको थियो भने त्यसबेलादेखि नै रथ देब्रेतिर ढल्किरहेको छ। आज पनि मर्मत गरेर लगनखेल पुर्याउनको लागि रथ तान्नको लागि तयारी भएको छ।

यसवर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो।