काठमाडौँ उपत्यकामा आजदेखि ‘सम्पदा बस’ सञ्चालन हुँदै

काठमाडौं –   काठमाडौँ उपत्यकामा आजदेखि ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ। काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो।

नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुईबटा बिद्युतीय बसहरूमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिनु भयो ।उहाँका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन्।

 

आज ललितपुर महानगरपालिकाबाट औपचारिक रुपमा सुरु गरिने  ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ।