‘ए’ डिभिजन लिग : चार खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार  खेलहरु हुँदैछन् । दोस्रो लेगको ११ औं चरण अन्तर्गत आइतबार चार खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा…

परोपकार संस्थाको बार्षिक साधारण सभा सम्पन्न

नेपालको जेठो ऐतिहासिक सामाजिक संस्था परोपकार संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार परोपकार सभाहलमा साधारण सभा सम्पन्न भएको हो। परोपकार संस्थाका अध्यक्ष हितकरवीर सिंहले सभापतिको स्थानबाट दीप प्रज्वलन गरेर एवमं परोपकार संस्थाका जन्मदाता दयावीरसिंहको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्दा…

मल्ल राजाको सिंहासन आज मंगलबजारमा प्रदर्शन गरिदै

ललितपुर – ललितपुरको मंगलबजारमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन आज सावर्जनिक रुपमा प्रदर्शन गर्दै संगीत महोत्सव गरिदैछ । हरेक वर्षको जेष्ठ शुक्ल पुर्णिमा (ज्या पून्हि)का दिन मंगलबजारमा श्रीनिवास मल्लको  सिंहासन प्रदर्शन गरिन्छ । त्यस्तै सिंहासन प्रदर्शनसँगै मंगलबजारमा नै  आज संगीत…

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता  हुनुभएकाे छ । भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी उहाँ आज स्वदेश फर्किनुभएकाे हाे । नयाँदिल्लीमा रहेको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उहाँलाई बिदाइ गर्नुभएको थियाे।  भारत भ्रमणका क्रममा प्रधानमन्त्री…

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार भारत जानुभएका प्रधानमन्त्री आज बेलुकी फर्कने कार्यसूची छ । प्रधानमन्त्रीले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र…

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

काठमाडौं –सरकारले कोभिड १९ को मापदण्ड परिमार्जन गरेको छ । कोरोना सङ्क्रमणदर घट्दै गएपछि मापदण्ड परिमार्जन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना निकालेर मास्कको प्रयोग अब स्वेच्छिक हुने जनाएको छ । यसअघिसम्म सार्वजनिक ठाउँमा मास्कको प्रयोग…

भारतको ओडिशामा भयानक रेल दुर्घटना, २३० भन्दा धेरैको मृत्यु

भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २३० भन्दा धेरैको मृत्यु भएको छ ।  चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । विविसीका अनुसार दुर्घटनामा २३३ जनाको मृत्यु…

नेपालमा जातजातिको संख्या पुग्यो १४२

काठमाडौं – नेपालमा जातजातिको संख्या १४२ पुगेको छ। जराष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ. जसअनुसार  नेपालमा जातजातिको संख्या १४२ पुगेको हो जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको…

सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै

काठमाडौं – लगातार बढ्दै गएकाे सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । अस्तिभन्दा हिजो र हिजो भन्दा आज भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ । सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ…

दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा

काठमाडौं – आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र,…