१०० किलो बरामद गरिएको सुन तस्करीको सुराकीले पाउने भए १० करोड

काठमाडौं:  बुधबार त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले समाएको सुनको सुराकी दिनेले १० करोड रुपैयाँ पाउने भएका छन्। एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान अनुसार सुराकी दिनेले उक्त रकम पाउने देखिएको हो।

सुराकीको माध्यमबाट सुन समातिएको हो। सुराकीको सूचनाका आधारमा सुन समातिएकाहरुले उनीहरुले कमिसन पाउँछन्। त्यो रकम निकै ठूलो हुने छ।

पहिले १० लाख रुपैयाँ कमिसन पाउँथे। चालु आर्थिक वर्षको बजेटबाट त्यो व्यवस्थालाई संशोधन गरेर पक्राउ परेको सामानको १० प्रतिशत पाउने व्यवस्था गरिएको छ। त्यसो हुँदा सुराकीले करिब १० करोड रुपैयाँ पाउने छन्।

राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा अनुमानित १०० किलो सुन बरामद गरेको थियो ।