सौरभ ज्योतीको “छ जि ” सार्वजनिक

काठमाडौँ- ज्योती ग्रुपका कार्यकारी निर्देशक तथा गायक सौरभ ज्योतीले प्रेमलाई समर्पित गरेर “छ  जि” बोलको नेपालभाषाको गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा सांस्कृतिक सम्पदा लाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरिएको छ । एउटा कलाकारको रुपमा ज्योतीले यस गीतको लेखनमा मात्र नभई गीतको रचनाको प्रत्येक चरणमा सक्रिय भएका थिए ।

यसै भिडियो मार्फत् मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डिरेक्टरियल डेब्यु गरेकी छन् भने जेम्स प्रधानले रचना तथा प्रडक्सन गरेका छन् । संगीतप्रेमीहरूको लागि पहुँचयोग्य बनाउन यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गरिएको छ।

यसभन्दा अघि पनि सौरभ ज्योतिले “मेरो देश” बोलको गीत सार्वजनिक गरेका थिए। उक्त गीत देश प्रतिको माया र गर्वलाई झल्काउने गरि निर्माण गरिएको थियो ।
सौरभ ज्योति आबद्ध ज्योति ग्रुप ३ जेनेरेसन अफ बिजनेसले ५० वर्षभन्दा लामो समयदेखि स्टिल प्लान्ट–हिमाल आइरन, पहिलो अक्सिजन प्लान्ट–हिमाल अक्सिजन, र पहिलो वायर प्लान्ट–हिमाल वायर्स स्थापना गरी देशमा उत्पादन, व्यापार, सेवा र लगानी क्षेत्रमा कार्यरत छ ।