कला इतिहासकार संयुक्त श्रेष्ठसँग अमोघपासको तान्त्रिक कलाका बारेमा अन्तरक्रिया हुने

काठमाण्डौ – काठमाण्डौको म्यूजियम अफ नेपाली आर्ट (मोना) ले कला इतिहासकार संयुक्त श्रेष्ठसँग नेपालको परम्परागत मूर्तिकलाको आइक्नोग्राफीमा नेपालको तान्त्रिक बौद्ध धर्मको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ।

लेट्स टक आर्ट कार्यक्रम अन्तर्गत कला इतिहासकार श्रेष्ठसँग अमोघपासको तान्त्रिक कलाका बारेमा ठमेलको काठमाण्डौं गेस्ट हाउसमा रहेको मोनामा अन्तरक्रिया हुन लागेको हो। कार्यक्रम  आउँदो साउन २७ (अगस्ट १२)  शनिबार दिउँसो ३ बजे हुनेछ।

अन्तरक्रियामा अमोघपासलाई एक केस स्टडीको रूपमा लिएर नेपालको परम्परागत मूर्तिकलाको आइक्नोग्राफीमा नेपालको तान्त्रिक बौद्ध धर्मको भूमिकाको बारेमा विस्तृत छलफल हुनेछ।

बेलायतमा बस्नु हुने कला इतिहासकार श्रेष्ठ नेपाली कलाको अध्ययनकर्ता हुनुहुन्छ। उहाँले कला इतिहाससँग सम्वन्धित लिङ्क अप संस्थासँग आबद्ध भएर बेलायतमा कला र इतिहासको अध्यापन गर्दै आउनुभएको छ।