उदाय् समाज, महिला समूहको आयोजनामा असनमा व्यापार मेला सञ्चालन

काठमाण्डाै – उदाय् समाज, महिला समूहको आयोजनामा नेपालको ऐतिहासिक स्थल असनमा ‘स्वन्ति ब्यापार मेला ११४३ संचालन भएको छ।

शुक्रबार र शनिबार सञ्चालन भएको मेलाको उद्घाटन बागमती प्रदेशका सांसद शैलेन्द्र मान वज्राचार्य, काठमाण्डौं महानगरपालिका, वडा नं २७ का वडाअध्यक्ष योगेश कुमार खड्गी र उदाय् महिला समूहका अध्यक्ष कीर्ति तुलाधरले सामुहिक रुपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो।

महिला समूहका अध्यक्ष कीर्ति तुलाधरको सभाअध्यक्षतामा भएकोमा कार्यक्रममा बागमती प्रदेशका सांसद शैलेन्द्र मान वज्राचार्य, २७ वडाका वडा अध्यक्ष योगेश कुमार खड्गी,   कार्यक्रमका अर्का संयोजक भवानी तुलाधरले आआफ्ना मन्तव्य राख्नुभएको हो। मेलाका संयोजक सुनिला स्थापितको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम महिला समूहका सचिव प्रफुल्ल कमल ताम्राकारले सञ्चालन गर्नुभएको हो ।

कार्यक्रममा उदाय समाज महिला समूहका अध्यक्ष कीर्ति तुलाधरले मुख्य अतिथि, अतिथिहरुलाई मायाको चिनोस्वरुप पानस प्रदान गर्नुभएको थियो भने कार्यक्रमका मुख्य अतिथि शैलेन्द्र मान वज्राचार्यले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने मुख्य मुख्य प्रायोजकहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा असनको दबलीमा भएको थियो।

व्यापार मेलामा विभिन्न महिला समूह लगायतहरुले स्टल राखेका थिए । उदाय समाजका अध्यक्ष डा. रुपज्योति कंसाकारले मेला अवलोकन गर्दै तिहारलाई चाहिने आवश्यक सरसामान किन्नुभएको थियो भने अन्य व्यक्तित्वहरूले पनि तिहारका लागि आवश्यक पर्ने सामानसहित आफ्ना दाजुभाइ, दिदीबहिनीलाई उपहार दिन सकिने सरसामान खरीद गरेका थिए।

tagName: –
position: –
top: –
left: –
right: –
bottom: –
display: –
fontSize: –
fontWeight: –
textAlign: –
color: –
backgroundColor: –
overflow: –
boxSizing: –
transform: –
zIndex: –
w   1164    
h    568.25 

568.25

1164

 

 

 

 

 

 

 

 

9

 

 

10