यः मदन दाइ म्यूजिक भिडियो सार्वजनिक

ललितपुर – वरिष्ठ हांस्य कलाकार मदन कृष्ण श्रेष्ठलाई केन्द्रविन्दु गरेर बनाइएको  म्यूजिक भिडियो यः मदन दाइ सोमबार एक कार्यक्रमकाविच सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियोका  परिकल्पनाकार, प्रोडक्सन म्यानेजर तथा निर्माता के.बि.एस. प्रोडक्सन हाउस, लुभुका कृष्णभक्त श्रेष्ठ (केबिएस लुभु) हुनुहुन्छ।   केबिएस…

संसदको संयुक्त बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने

काठमाण्डाै –  संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ। संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रयोजनका लागि राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरी सभामुख देवराज घिमिरेले बैठक बोलाउनु भएको हो। संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ। बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्नु हुने कार्यसूची छ । गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उहाँलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

नेपालमा सबैभन्दा बढी एक तले घर

काठमाण्डाै – नेपालमा रहेका कुल घरहरूमध्ये सबैभन्दा बढी एक तले रहेकाे पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव…

टी–२० विश्वकप छनोट : नेपाल टस हारेर बलिङमा

काठमाण्डाै –  सन् २०२४ को टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ । नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै…

काठमाण्डौं महानगर वडा २७ ले रन्जना लिपि, नेपाली र अंग्रेजीमा बोर्ड राख्न थाल्यो (भिडियोसहित)

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ ले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न स्थानहरूको नाम नेपालभाषाको रन्जना लिपि साथै नेपाली र अंग्रेजी भाषामा लेखेर बोर्ड राख्ने कामको सुरुवात गरेको छ। बागमती प्रदेश सभामा नेपालभाषा र तामाङ्ग भाषालाई कामकाजी भाषाको रूपमा मान्यता दिनको लागि…

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्र सङ्घका महासचिव गुटेरेसको भेटवार्ता

काठमाण्डाै – नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । उहाँहरूबीच आज आइतवार मन्त्रिपरिषद् कार्यालयमा भेट भएकाे हाे। मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारमा रहेकाे…