‘छंगु ई’ (तिम्रो समय) म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

कीर्तिपुरका खेलाडीका साथै संगीतकर्मी भुवन महर्जनको लेखन, लय र आवाजमा घन्किएको नेपालभाषाको बालगीत ‘छंगु ई’ (तिम्रो समय) सोमबार कीर्तिपुर, पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा लोकार्पण भएको छ ।

‘छंगु ई’ बालगीतको म्यूजिक भिडियो लोकार्पण कार्यक्रममा बागमती प्रदेशको पर्यटन, संस्कृति, उद्योग र सहकारी मन्त्री पुकार महर्जन मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुने भएको छ भने मन्त्री महर्जनकै बाहुलीबाट उक्त बालगीतको लोकार्पण समेत भएको थियो।

भुवन महर्जनको उक्त बालगीत ‘छंगु ई’को म्यूजिक भिडियोको परिकल्पनाकार ललेन्द्र शाक्य हो भने निर्देशन ललेन्द्र शाक्य र राज महर्जनले गर्नु भएको हो ।

त्यसै गरी, बि.के. जल्मिको छायांकन रहेको यस म्यूजिक भिडियोमा प्रख्यात नेवाः सुपरस्टार कलाकार रुपेन श्रेष्ठ थक्वाःमिसहित नयाँ प्रतिभा कलाकार सलिना प्रजापति र बाल कलाकार श्रवण महर्जन रोमियोको मुख्य भूमिका रहेको छ भने म्यूजिक भिडियोको सम्पादन प्रख्यात कलाकर्मी रजिन महर्जनले गर्नुभएको हो ।यस बालगीतको संगीत संयोजन प्रख्यात संगीतकर्मी जिवित जल्मिले गर्नुभएको छ भने रिकर्डिङ्ग र मिक्सिङ्ग कार्य सूर मेलोडी स्टुडियोको प्रख्यात संगीतकर्मी सुरेन्द्र श्रेष्ठले गर्नुभएको छ ।

सोमबार ज्योति म्यूजिक यूट्यूब च्यानलबाट प्रिमियर भएको छ ।