फूटपाथमा पसल राख्न दिनु पर्ने मागको विरोधमा स्थानीयको प्रदर्शन

ललितपुर – ललितपुरको मंगलबजारदेखि लगनखेलसम्मको फूटपाथमा पसल राख्न नदिने ललितपुर महानगरपालिकाको निर्णयको पक्ष र विपक्षमा पुल्चोकमा रहेको महानगरपालिका भवन अगाडि  प्रदर्शन भएको छ।

फूटपाथमा व्यापार गर्न दिनु पर्नेमाग सहित प्रदर्शन गर्न आएका  सामाजिक अभियन्ता ईको विरोधमा ललितपुरका स्थानीयले फूटपाथमा पसल राख्न दिनु हुन्न भन्दै प्रदर्शन गरेका हुन्।  फुटपाथमा हिड्न पाउनु यात्रुको पहिलो अधिकार भनेर लेखिएको ब्यानरसहित स्थानीय प्रदर्शनमा उत्रिएको हो। त्यस्तै उनीहरूले महानगरपालिकालाई आफ्नो निर्णयमा अडिग रहन पनि खबरदारी गरेका थिए । 

विरोध प्रदर्शनको क्रममा केही समय महानगर परिसर तनावग्रस्त समेत देखिएको थियो । 

महानगरपालिकाले पैदल यात्रु, दमकल, एम्बुलेन्स ओहोरदोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गतेदेखि लगनखेल–मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ।