काठमाण्डाै – नेपाल आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य गएरातीदेखि लागू भएको छ । निगमले हिजो बेलुका राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएपछि मूल्य घटाएको निगमले जनाएको छ ।
भाउ घटेपछि काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने घटबढ गरेको छैन ।
