काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मृतकको सङ्खया २ पुगेको छ । बालकुमारीमा भएको झडपमा थप एक जना युवकको मृत्यु भएपछि मृतकको सङ्ख्या २ पुगेको हो ।
प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी गम्भीर घाइते भएका वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि झडपमा परी गम्भीर घाइते भएका २३ वर्षिय सुदन राउतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
