सातौं विश्व नेवार दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेशनले विश्व नेपालभाषा कविता सम्मेलन गर्ने भएको छ। चैत १७, चैत २४, बैशाख १ र बैशाख ८ गतेको शनिबार गरेर चार वटा शनिबार जुममार्फत कविता सम्मेलन हुने अध्यक्ष संयुक्त श्रेष्ठले जानकारी दिनु भयो।
सम्मेलन नेपाली समय अनुसार बेलुकी ८ बजेदेखि हुनेछ।
श्रेष्ठका अनुसार कवियत्री प्रतिसरा सायमिको संयोजनमा हुने कविता सम्मेलनमा विभिन्न देशमा रहेका ४४ जना कवि कवियत्रीहरूले कविता वाचन गर्नेछन्।
सम्मेलनमा वाचन हुने कवितालाई विभिन्न भाषामा अनुवाद गरेर संग्रह प्रकाशित गर्ने योजना रहेको उहाँले बताउनु भयो।
वर्ल्ड नेवाः अर्गनाइजेशनको आव्हानमा हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबार विश्व नेवार दिवसको रूपमा मनाउने गरिन्छ। यस दिन वर्ल्ड नेवाः अर्गनाइजेशनसहित विभिन्न देशमा रहेका नेवार संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ।
