नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन

काठमाण्डौ –  नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन भएको छ। उहाँको ७४  वर्षको उमेरमा गएराती शुष्मा कोइराला अस्पतालमा निधन भएको साँखुका समाजसेवी विजय भाष्कर श्रेष्ठ एवमं प्रकाश मान सक्वले जानकारी दिनुभयो।

शंखरापुर नगरपालिकाको नाम पुनस्थापन गर्नका लागि आमरण अनशन बस्नु भएका उहाँले नेपालभाषा साहित्य क्षेत्रको विकासका लागि उल्लेखनीय योगदान गर्नु भएको थियो। उहाँले आफ्नो गुरू  महाकवि गिरिजा प्रसाद जोशीका विभिन्न अप्रकाशित पुस्तकहरू प्रकाशन गर्नुका साथै महाकवि गिरिजा प्रसाद  प्रतिष्ठान, नेपालभाषा एकेडेमी लगायतको लागि आर्थिक सहयोग पनि गर्नु भएको थियो ।

त्यस्तै  नेपालभाषाका साहित्यकारहरूलाई पुस्तक प्रकाशन गर्नका लागि पनि हौसला एवमं आर्थिक सहयोग गर्नुको साथै थुप्रै पुरस्कारहरू पनि स्थापना गर्नु भएको थियो।

पेशागत रूपमा केमिकल इन्जिनियर उहाँ पछिल्लो समयमा कृषिमा सक्रिय हुनुहुन्थ्यो।