ललितपुरको स्वथमा निशुल्क डायबिटिज स्क्रिनिङ्ग शिविर

ललितपुर – लियो क्लब अफ मणिगल ग्लोबल र कुँझ्याः महिला सामुदायिक समूहको संयुक्त आयोजनामा निशुल्क डायबिटिज स्क्रिनिङ्ग शिविर भएको छ। आज शनिबार ललितपुरको स्वथमा भएको शिविरमा रक्त चाप र ब्लड सुगर जाँच निशुल्क गरिएको थियो ।

शिविरमा ४९ महिला र ६३ पुरुष गरी जम्मा ११२ जाँच गरिएको लियो क्लब अफ मणिगल ग्लोबलका अध्यक्ष लियो उत्सव आचार्यले बताउनु भयो ।

शिविर संचालन गर्नका लागि चिरञ्जीवी भव: हेल्थ केयर सर्भिस प्रा.लि., कुँझ्याः महिला सामुदायिक समूहकी अध्यक्ष जगतमाया महर्जन र चिरञ्जीवी भव: हेल्थ केयर सर्भिसका धर्मराज शर्माले प्राविधिक सहयोग गर्नु भएको थियो।

त्यस्तै शिविरमा स्वथ टोल सुधार समितिका अध्यक्ष सोभेन्द्र राज जोशी, लियो क्लब अफ मणिगल ग्लोबलका लियो क्लबका सल्लाहकार लायन मन्दिप महर्जन, लियो जिल्ला परिषद ३२५ ईका लियो स्वदेश थापा, लायन्स क्लब अफ काठमाडौं विशाल बजारका अध्यक्ष लायन सुमन बिष्ट, राजोपाध्याय समाजका केन्द्रीय सदस्य रक्षण राजोपाध्याय लगायतको उपस्थिति थियो।